लक्ष्मीपुर । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षी नगरपालिकास्थित दोमुखामा रहेको जग्गामा कृषि तथा पशु व्यवसाय प्रवर्धन योजना अन्तरगत कृषि स्रोत केन्द्र निर्माण गर्ने भएको छ ।  

झापाको बिर्तामोड–२ स्थित चारपानेको सहारा नेपाल साकोसले कृषि तथा पशु व्यवसाय प्रवर्धन योजना अन्तरगत तरकारी तथा च्याउ खेती, मौरी, माछा र पशुपालनलगायतका दुई हजारलाई तालिमसमेत प्रदान गर्ने भएको हो । 

त्यस्तै योजना अन्तरगत संस्थाले सदस्यले उत्पादन गरेको बस्तु बिक्री वितरण र बजारीकरणमा सहयोग गर्ने, सदस्यहरुलाई ब्यवसायीक तरकारी खेती गर्न थोपा सिञ्चाई, सोलार पम्प, यान्त्रिकीकरणलाई प्रवर्धन गर्दै तोरी र मह उत्पादनलाई जोड दिने संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीद्धारा प्रस्तुत प्रतिवेदनमा छ ।