बिर्तामोड । 

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले बार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । बिर्तामोडस्थित सहकारीको सम्पर्क कार्यालयमा वुधवार(आज) पत्रकार सम्मेलनको आयोजना गर्दै एक आर्थिक वर्ष भित्र सस्थाले गरेका गतिविधि सार्वजनिक गरेको हो । 

संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले बचत तथा ऋण ब्यवसायसँगै डेरी ब्यवसाय, एनएमसी एग्रो फर्म, सहकारी पसल ब्यवसाय, चिया ब्यवसाय सञ्चालन गरेको बताए ।

उनले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्य संख्या १ लाख ५१ हजार ८०३ रहेको र शेयरपुँजी १ अर्व ४० करोड ५ लाख १८   हजार ६०० रुपैयाँ रहेको बताए  । संस्थागत पुँजी ७६ करोड ९२ लाख ७ हजार ६५९ रहेको र कुल प्राथमिक पुँजी २ अर्व १६ करोड १४ लाख ४६ हजार २५९  रुपैयाँ रहेको जानकारी दिए ।

अध्यक्ष शिवाकोटीले संस्थाले आर्थिक बर्ष २०७९÷०८० मा कुल आम्दानी २ अर्व ५६ करोड ४१ लाख ९६ हजार ८१९ रुपैयाँ गरेको र खर्च २ अर्व २८ करोड ८३ लाख ९७ हजार ५५३ रुपैयाँ गरेर सञ्चालन नाफा २७ करोड ५७ लाख ९९ हजार २६६ रुपैयाँ गरेको बताए । सहकारीका ५८ वटा सेवा केन्द्र रहेको र सहकारीको कार्यक्षेत्र तीन जिल्लमा रहेको अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले आगामी मंसीर २ देखि ८ गतेसम्म इकाईगत साधारणसभा गरेर मंसिर १६ गते अन्तिम आइन्यूट प्रमाणिकरण गर्ने जनाइएको छ । सहकारी संस्थाको नियमानुसार इकाईगत साधारणसभाबाट प्रतिनिधि छनौट हुने र छनौट भएका प्रतिनिधिले अन्तिम माइन्यूट प्रमाणीकरण गरिने निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए ।

 सहकारीले ७३७ पटक बिभिन्न ठाउँमा सदस्य शिक्षा प्रदान गरेको छ भने संस्थाका साकाजिक उृत्तरदायित्व अन्तरगत बिविध कार्य गरेको संस्थाका कार्यकारी प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।