लक्ष्मीपुर । 

नाम जस्तै काम गर्दै २७ औं बसन्त प्रवेश गरेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ‘सहारा शैैंक्षिक छात्रवृत्ति कोष २०८०’ स्थापना गर्ने भएको छ । 

झापा बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको संस्थाले गरिब तथा बिपन्न शेयर सदस्यहरुका छोराछोरीका लागि ५ करोड रुपैयाँको कोष स्थापना गर्ने भएको हो । 

५ करोडको स्थापना हुने कोषमा इच्छुक शेयर सदस्यहरु, अन्य अक्षयकोषदाता र सहयोगी संस्थाले रकम थप गर्ने संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिएका छन् ।

गिरीका अनुसार अक्षयकोषको ब्याजबाट गरिब तथा बिपन्न शेयर सदस्यका छोराछोरीलाई छात्रबृत्ति प्रदान गरिने निर्देशिकासमेत निर्माण गरिनेछ । 

साकोसको अन्तिम माइन्यूट प्रमाणिकरण कार्यक्रममा कार्यकारी प्रमुख गिरीद्धारा प्रस्तुत प्रतिवेदनमा ‘सहारा शैैंक्षिक छात्रवृत्ति कोष २०८०’ स्थापना गरिने उल्लेख गरिएको छ ।