हल्दिबारी ।

हल्दिबारी बुद्धिचाल संघको आयोजनामा भएको दुईदिने पालिका स्तरीय बुद्धिचाल प्रतियोगितामा ५–१-२ अंक ल्याएर नरेन्द्र राई प्रथम भएका छन् । प्रतियोगितामा ५–१–२ अंककै साथ किरण गुरुङ दोस्रो र ५ अंकका साथ अनिश रेग्मी तृतीय भएका छन्। ६ राउण्डसम्म संचालन भएको खेलमा २ महिलासहित ५० जना प्रतियोगी सहभागी रहेका थिए।

प्रथम पुरस्कार नगद १० हजार ट्रफी र प्रमाणपत्र हात पारेका थिए भने दृतिय र तृतिय ले क्रमशः ७ हजार र ४ हजार सहित प्रमाणपत्र प्राप्त गरेका थिए। त्यसैगरी उत्कृष्ट दश खेलाडीहरू क्रमश निश्चल लामिछाने, समिर श्रेष्ठ, गणेश मगर, मोहन गुरुङ, सुमन चौधरी, दिलकेशर थापा र त्रिलोचन सापकोटा घोषित भएका छन् ।  उनीहरुलाई नगद २ हजार र प्रमाणपत्रले सम्मान गरिएको थियो ‌।

त्यस्तै उत्कृष्ट महिला खेलाडी संगिता राई, उत्कृष्ट भेट्रान्स खेलाडी राममाया साम्पाङ र १६ वर्षमुनिको उत्कृष्ट खेलाडी दिपशन पौडेलले पनि नगदसहित प्रमाणपत्र प्राप्त गरेका थिए। कार्यक्रममा प्रमुख निर्णायक तथा झापा जिल्ला बुद्धिचाल संघका अध्यक्ष भूपेन्द्र निरौलालाई सम्मान गरिएको थियो। खेलमा सहभागी सबै खेलाडीहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो।

हल्दिबारी बुद्धिचाल संघका अध्यक्ष दिलकेशर थापा को अध्यक्षतामा भएको समापन समारोहमा प्रमुख अतिथि हल्दिबारी वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा रहेका थिए। वडा सदस्यहरू शान्ता शिवाकोटी, रूपा रसाइली, कुलबहादुर राई र प्रकाश कार्की, नेकपा एमाले हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटा, कांग्रेसका नेता निराजन दाहाल, हल्दिबारी शिक्षा समितिका सदस्य धर्मराज शिवाकोटी लगायतको आतिथ्यता रहेको कार्यक्रमको संचालन हरी ढकालले गरेका थिए।

हल्दिबारीमा बुद्धिचाल प्रतियोगिता पहिलो पटक आयोजना गरिएको र यसलाई निरन्तरता दिने अध्यक्ष दिलकेशर थापाले जानकारी दिएका छन् ।