हल्दिबारी। 

 झापाको हल्दिबारी गाउँपालिका स्तरीय प्रथम बुद्धिचाल प्रतियोगिताको शनिवार (आज)  गोलधापमा उद्घाटन  भएको छ। हल्दिबारी बुद्धिचाल संघद्वारा आयोजना गरिएको प्रतियोगिता २ दिनसम्म चल्ने आयोजकले जनाएको छ।

हल्दिबारी बुद्धिचाल संघका अध्यक्ष दिलकेशर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए।

हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र खेलका निर्णायक झापा बुद्धिचाल संघका महासचिव भूपेन्द्र निरौला को विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा, कार्यपालिका सदस्य शान्ता शिवाकोटी, वडा सदस्यहरू प्रकाश कार्की, रूपा रसाइली, कुलबहादुर राई,वडा नं २ का वडा सदस्य गणेश मगर, नेकपा एमाले हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटा, पूर्व शिक्षक त्रिलोचन मैनाली लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो।

प्रतियोगिताको प्रथम हुनेलाई पुरस्कार १० हजार, द्वितीय हुनेलाई ७ हजार, तृतीय ४ हजार रहेको छ भने उत्कृष्ट १० खेलाडीलाई २ हजार पुरस्कार रहेको छ।

त्यसैगरी महिला, १६ वर्षमुनी तथा भेट्रान्स खेलाडीहरूलाई  पनि प्रतिव्यक्ति २ हजार पुरस्कार रहेको अध्यक्ष थापाले जानकारी दिए ‌। हल्दिबारी गाउँपालीकाले  ५० हजार सहयोग गरेको खेलको व्यवस्थापन बुद्धिचाल संघ हल्दिबारीले गरेको हो। खेलमा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन,  २ महिला सहित ५० जना सहभागी रहेका छन्। उदघाटन कार्यक्रम को संचालन  उपाध्यक्ष नरेन राईले गरेका थिए।