लक्ष्मीपुर । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २७ औं बार्षिक साधारणसभाको अन्तिम माइन्यूट प्रमाणीकरणका अवसरमा रक्तदान कार्यक्रम पनि गर्ने भएको छ । 

झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको साकोसले भोली शनिबार बिर्तामोडमा हुने २७ औं बार्षिक साधारणसभाको अन्तिम माइन्यूट प्रमाणीकरणका अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको हो । 

साकोसले बिर्तामोडमा गर्ने अन्तिम माइन्यूट प्रमाणीकरण कार्यक्रम स्थलमै भोली बिहान ११ बजेदेखि १ः३० बजेसम्म रक्तदान गर्ने संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए । उक्त रक्तदान कार्यक्रममा सहभागीताका लागि सवैलाई आग्रहसमेत गरिएको छ ।