बिर्तामोड । 

मोफसलको चर्चित फुटबल टोली झापा ११ एफसीले दोस्रो संस्करणको एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।

बिर्तामोड २ बेलडाँगीमा शुक्रबार (आज) सम्पन्न फाइनल खेलमा अर्को उत्कृष्ट टोली झापा एफसीलाई २–० गोल अन्तरले हराउँदै झापा ११ ले उपाधि रक्षा गरेको हो ।

जितसँगै झापा ११ ले नगद १ लाख ११ हजार १११ ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेतामा सीमित झापा एफसीले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि झापा सहायक प्रमुख जिल्ला अधिकारी रुद्रमणि न्यौपाने, मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजका  प्रतिनिधि, झापा ११ का अध्यक्ष जलकुमार गुरुङ, आयोजक क्लबका अध्यक्ष किरण पौडेल लगायले पुरस्कार वितरण गरेका थिए । एकता स्पोर्टिङ क्लबको आयोजनामा प्रतियोगिता भएको थियो ।