कानेपोखरी । 

कर्जा सुरक्षण कार्यक्रम अन्तर्गत सहारा नेपाल बचत तथा ऋण सकहारी संस्था मोरङको रमाइलो सेवा केन्द्रले ऋण मिनाहा र काजकिरिया बापतको रकम मृतक परिवारलाई प्रदान गरेको छ ।

समुह नम्बर  १९२ कि शेयर सदस्य बसन्ती गुरुङकोमृत्युपछि सहाराको कर्जा सुरक्षण कार्यक्रम अन्तर्गत मृतकका  श्रीमान पुर्णबहादुर गुरुङलाई ऋण मिनाहा र काजकिरिया बापत ५ लाख ५५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । कार्यक्रममा कानेपोखरी वडा न ५ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि चरण गुरुङले उक्त रकमबापतको चेक हस्तान्तरण गरेका थिए । 

वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गुरुङले सहारा सहकारी मात्र नभएर साच्चै सहारा बनेको र सहारासँग सहकार्य गरेर हाल कानेपोखरी ३ राजगान स्थित मुसहर बस्तिमा ३३ वटा सुरक्षित आवास निर्माण भई घर भइसकेको बताए । उनले चालू आबमा १ करोड बजेट यस अन्तर्गत बिनियोजन गरेको जानकारी दिदै घर हस्तान्तरण अन्तिम चरणमा रहेको जानकारीसमेत दिए ।

महान पर्व वडादशैंको अवसर पारेर सेवा केन्द्रले बुधवार मोरङको कानेपोखरी–५ स्थित महाराज थान मन्दिर परिसरमा सरसफाईसहित शुभकामना आदान प्रदान कार्यक्रम गरेको थियो ।  शुभकामना आदानप्रदानसहित दशै गीतमा सामुहिक नृत्य तथा म्युजिकल चेयर कार्यक्रमसमेत गरिएको अनुगमन प्रमुख महेश तामाङले जानकारी दिए । 

कार्यक्रममा अनुगमन प्रमुख तामाङले सहाराको बित्तिय तथा सामाजिक उत्तरदायित्व कार्यक्रमका बारेमा जानकारी दिदै  सहकारीप्रति जन विश्वास घटिरहेका बताए । उनले धेरै सहकारी  धारासायी भइरहे पनि सहारा नेपाल साकोस बाहय ऋण मुक्त सहकारी भएको बताए । उनले सहाराको सुचकांकहरु ठिकै रहेकोले ढुक्क भएर ऋण बचत कारोबार गर्न र सदस्यता खुला भएकोले  सदस्यता लिन बाँकि हुनेले सदस्यता लिन समेत आग्रह आग्रह गरे । 

जेओए परियोजनाका मोरङ जिल्ला अधिकृत मिथुनसेन चौधरीले बर्तमान परिप्रेक्ष्यमा हरेक नागरिकले  बित्तिय साक्षरता बारे स्पष्ट हुन जरुरी रहेको बताए । उनले टोलटोलमा समुहमा आबद्ध भई बित्तिय रुपमा साक्षर बन्न अनुरोधसमेत गरेका थिए । सहारा पशु प्राबिधिक संजित यादवले सहाराले प्रदान गर्ने पशु बिमा र पशु सेवा बारे जानकारी दिएका थिए  । कर्मचारी गौरी सुवेदीले सहारा बारे बित्तिय साक्षरता र हाजिरी जवाफ कार्यक्रम सञ्चालन गर्दै सहभागीलाई पुरस्कृत पनि गरिएको थियो ।

कार्यक्रममा सदस्यहरु तुलसा खडका र कबिता राईले संस्थाप्रति केही सुझाबसहित जिज्ञासा समेत राखेका थिए । सदस्य निर्मला खडकाले सहाराको जीवन बरदान कार्यक्रमबाट आफुले पुनर्जन्म पाएको भन्दै सहाराको खुलेरै प्रशंसा समेत गरेकि थिइन् । कार्यक्रममा वडा नम्बर ५ वडा सदस्य सुसिला धिमाल, अस्थायी प्रहरी चौकीका सरोज घिमिरे, सहारा नेपालका अनुगमन प्रमुख तामाङ, जेओए परियोजनाका मोरङ जिल्ला अधिकृत चौधरी, सहारा पशु प्राबिधिक यादवलगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रममा शाखा प्रमुख कुसुम चुडालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सेवाकेन्द्रको प्रगति र गरेका सामाजिक गतिबिधि बारे जानकारी गराएकी थिइन् । शेयर सदस्य तेजकुमारी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कानेपोखरी वडा न ५ का वडाध्यक्ष गुरुङको प्रमुख आतिथ्य रहेको थियो । स्वागत सरला कार्कीले गरेको कार्यक्रमको सञ्चालन कर्मचारी पेसलकुमारी शर्माले गरेकी थिइन् ।