बिर्तामोड ।  

 शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीयहरुलाई सहज रुपमा सेवा दिएको बत्ताहरुले बताएका छन् । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको संस्थाको ११ औं बार्षिक साधारणसभा अन्तरगत शनिवार (आज) बिर्तामोड–२ स्थित चैतुवारीमा भएको इकागत साधारणसभामा बत्ताहरुले त्यस्तो बताएका हुन् ।

बिर्तामोड नगरमा भएका अन्य सहकारी भन्दा शिक्षा सहकारीले सदस्यहरुलाई गुणस्तरीय सेवा दिदै आएको उनीहरुले बताए । उनीहरुले बिर्तामोड नगरमा धेरै सहकारी भएपनि चैतुवारीमा शिक्षा सहकारीले सेवा केन्द्र स्थापना गरेर स्थानीयलाई उत्कृष्ट सेवा दिदै आएको बताएका छन् । शिक्षा सहकारीलाई चैतुवारीको उत्कृष्ट सहकारीका रुपमा परिचित गराउन सवै जना लाग्नु पर्नेमा उनीहरुको जोड थियो । 

संस्थाका अध्यक्ष सुव्रत न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड २ का वडाध्यक्ष किशोरकुमार पौडेलको प्रमुख आतिथ्य रहेको थियो भने बिर्तामोड कार्यपालिका सदस्य शर्मिला राजवंशीको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि पौडेल, बिर्तामोड कार्यपालिका सदस्यराजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

sikxa 3

इकाईगत साधारणसभा तथा प्रतिनिधि छनौट कार्यक्रमकाबिच संस्थाले चैतुवारी सेवा केन्द्रका आवधिक बचततर्फ रघुनाथ घिमिरे, शिक्षातर्फ प्रज्ञा खतिवडा, ऋणितर्फ मधु श्रेष्ठ, साधारणतर्फ सुकमाया तामाङ र नियमिततर्फ यशोदा राजवंशीलाई सम्मान गरेको छ ।  

संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै रोजगारी सिर्जना हुने र सदस्यलाई आत्मनिर्भर तथा व्यावसायिक बनाउने खालका योजना ल्याउनेतर्फ संस्था केन्द्रित भइरहेको बताएका छन्  । अध्यक्ष न्यौपानेले संस्थाले बिर्तामोड–२ मा बिद्यालयसमेत सञ्चालन गरिरहेको बताए । आर्थिक वर्ष २०७९/०८० सम्ममा ४ हजार ७२० जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ३ करोड ४८ लाख ८१ हजार रुपैयाँ रहेको अध्यक्ष न्यौैपानेद्धारा प्रस्तुत प्रतिवेदन छ । 

स्वागत संस्थाका कर्मचारी भुमा पौडेलले गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सूर्यकुमार खतिवडाले गरेका थिए । कार्यक्रममा सञ्चालक समिति उपाध्यक्ष हेमराज मिश्र,  सदस्य चिजा राई, उमा राई, लक्ष्मीप्रसाद घिमिरे, लेखा समिति संयोजक युवराज निरौला, लक्ष्मी देवान लगायतको उपस्थिति रहेको थियो । संस्थाले मुख्य कार्यालय र ५ वटा सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ । संस्थाको आगामी कार्तिक २ गते बिर्तामोडमा अन्तिम माइन्यूट प्रमाणिकरण हुनेछ ।