दुर्गापुर । 

प्रजापति सामाजिक क्लवको आयोजना  तथा झापाको कनकाई नगरपालिका वडा नम्बर १ र प्रजापति सामुदायिक वनको विशेष सहयोगमा कनकाई नगरपालिका वडा स्तरीय नकाउट फुटवल  प्रतियोगितामा बिहीवार भएको खेलमा वडा न १ र ७ विजयी भएका छन्  

 बडादशैँ तथा तिहारको अवसर पारेर बिहीवारदेखि प्रजापति सामुदायिक वनको खेल मैदानमा जारी प्रतियोगिताको शुक्रवार भएको खेलमा वडा न १ र ७ विजयी भएको  क्लबका अध्यक्ष ईश्वर सुवेदीले जानकारी दिए ।

शुक्रबार भएको दुई खेल मध्ये  पहिलो खेलमा वडा न ७ ले वडा न ४ लाई ४–१ गोल अन्तरले पराजित गर्दै वडा न ७ विजयी भएको वडा न ७ का वडा सदस्य निर्मल आङ्गथोपोले जानकारी दिए। त्यस्तै दोस्रो खेलमा वडा न ९ लाई  ५–० को फराकिलो गोल अन्तरले हराउदै वडा न १  विजयी भएको  वडा न १ का वडा सदस्य हरिकुमार राईले जानकारी दिए।

पहिलो खेलको प्लेयर अफ द म्याच विजयी टिमका ४ गोल कर्ता  वडा न ७ का एन्जल लिम्बू घोषित भएका थिए भने दोस्रो  खेलमा वडा न १ र वडा ९ बीच भएको खेलमा  विजयी टिमकै लक्षमण तामाङ प्लेयर अफ द म्याच घोषित भएका थिए। 

प्रतियोगितामा कनकाईका  प्रत्येक वडाका एकरएक  गरि नौ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल असोज २९ गते हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २१ हजार १ सय ११ र दोस्रो हुने टिमले १५ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

 स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको वडा न १ का अध्यक्ष सुशीलकुमार पोखरेलले बताएका छन् ।  शनिबारआजको पहिलो  खेल  वडा न ६ र ३  तथा  दोस्रो खेल वडा न १ र २ बिच हुने जनाइएको छ ।