दर्गापुर । 

प्रजापति सामाजिक क्लवको आयोजना  तथा कनकाइ नगरपालिका वडा नम्बर १ र प्रजापति सामुदायिक वनको विशेष सहयोगमा कनकाई नगरपालिका वडा स्तरीय नकाउट फुटवल  प्रतियोगिता शुरु भएको छ ।  बडादशैँ तथा तिहारको अवसर पारेर झापाको कनकाई १ स्थित प्रजापतिमा बिहीवारदेखि प्रजापति सामुदायिक वनको खेल मैदानमा प्रतियोगिता शुरु भएको   प्रजापति सामाजिक क्लवका अध्यक्ष ईश्वर सुवेदीले जानकारी दिए ।

उद्घाटन खेलमा वडा न ३  र २ लेब विजयी सुरुवात गरेका छन् ।  पहिलो खेलमा वडा न ३ ले वडा न ५ लाई १–० गोल अन्तरले हराएको  वडा न १ का वडा सदस्य हरिकुमार राईले जानकारी दिए। त्यस्तै बिहीबार नै भएको दोस्रो खेलमा वडा न ८ लाई सडन डेथमा हराउदै वडा २  पनि विजयी भएको छ।

खेलको प्लेयर अफ द म्याच विजयी टिमका मनिष लिम्बु  घोषित भए। उनले मनकामना प्रीन्ट दुर्गापुरका तर्फबाट आकर्षक पुरस्कार प्राप्त गरेका छन् भने दोस्रो  वडा न ८ र वडा २ बीच भएको खेलमा  विजयी टिमकै सन्दिप इदिङ्गो प्लेयर अफ द म्याच घोषित भए। उनलाई होटल स्वर्गलोक दमकले पुरस्कारको व्यवस्था गरेको थियो ।

प्रतियोगितामा कनकाईका  प्रत्येक वडाका एक/एक  गरि नौ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल असोज २९ गते हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २१ हजार १ सय ११ र दोस्रो हुने टिमले १५ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

 त्यसैगरी प्रत्येक खेलमा मेनअफ द म्याच खेलाडीलाई नगद, फाइनल खेलमा उत्कृष्ट सात विधाहरु गोल किपर, डिफेन्स, मिडफिल्डर, फरवाड, कोचर, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिने आयोजक समितिका खेल संयोजक हेमसिङ्ग श्रेष्ठले  जानकारी दिए। स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो । 

शुक्रबार आजको पहिलो  खेल  वडा न ४ र ७ र दोस्रो खेल वडा न १ र ९ बिच हुने वडा न १ का वडा सदस्य  राईले जानकारी दिए ।  क्लबका अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको उद्घाटन खेलमा कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरलेको प्रमुख आतिथ्य रहेको थियो ।

उद्घाटन  कार्यक्रममा प्रमुख अतिथि पोखर, वडा न १ का अध्यक्ष सुशीलकुमार पोखरेल, प्रजापति सामुदायिक वनका अध्यक्ष मातृका पोखरेल लगायले आ–आफ्नो धारणा राखेका थिए ।  कार्यक्रममा वडा न, १ का वडा  सदस्य निर्मला खड्का, दलबहादुर थापालगायत उपस्थित रहेको कार्यक्रममा

क्लबका सस्थापक अध्यक्ष राजेश श्रेष्ठले स्वागत गरेका थिए भने सञ्चालन क्लबका पूर्व अध्यक्ष दिपेश रिमाल र  सह–सचिव जीत मगरले सयुक्त रुपमा गरेका थिए ।