मानेभञ्ज्याङ ।
सातौ मानेभञ्ज्याङ गोल्डकपको उपाधिको लागि बिएसके जलपाइगुडी र टेरिटोरियल आर्मी दार्जिलिङ भिड्ने भएका छन् । आज सम्पन्न दोश्रो सेमीफाइनल खेलमा चाँद एफसी तीनधारियालाई २–१ गोल अन्तरले हराउँदै आर्र्मीले बिएसकेसंगको भेट पक्का गरेको हो । आर्मीको जितमा वाङदेन तामाङ नायक घोषित भए ।
उनले आर्मीका लागि २ गोल गरे । ३६ औ मिनेटमा पहिलो गोल गरेका उनले ४१ औ मिनेटमा अग्रता दोब्बर बनाए । चाँदका लागि प्रविक तामाङले ५६ औ मिनेटमा सान्तवना गोल फर्काए । जितसंगै आर्मीले कम्तीमा ४ लाख ९२ लाख ५० हजार भारु० सुरक्षित गरेको छ । जलपाइगुडीले बुधबार भएको पहिलो सेमीफाइनलमा कञ्चनजंघा एफसी सिलिगुडी माथि ७–२ गोल अन्तरको फराकिलो जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।
आगामी अक्टोबर १५ ९असोज २८० मा हुने फाइनल खेलको बिजेताले ८ लाख ९५ लाख भारु० र उपविजेताले ४ लाख ९२ लाख ५० हजार भारु० पाउने छन् । अक्टोबर २ बाट सुरु भएको प्रतियोगितामा नेपालका ५ सहित १६ क्लबको सहभागिता रहेको थियो ।