झिलझिले । 

शिवसताक्षीको छिमेकी वचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष ०७९/०८० मा ११ करोड ६३ लाख ४४ हजार १४० रुपैँया आम्दानी गरेको छ । 

संस्थाको १७ औ वार्षिक साधरण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार १४ करोड ३ लाख ६७ हजार ८०० रुपैँया चुक्ता शेयर पुँजी रहेको सो संस्थाले ११ करोड ६३ लाख ४४ हजार १४० आम्दानी गरेको हो । संस्थाले नाफा चै ३ करोड ५७ लाख ७४ हजार ७७ रुपैँया नाफा कमाएको छ ।  साकोसले ५ वटा सेवा केन्द्रमार्फत सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । 

संस्थाको भवन झिलझिलेमा सोमबार देखि सुरु इकाईगत साधरणसभा असोज २७ गते सम्पन्न हुने छ ।  राय सुझाव संकलन गरेर २७ गते शनिवार झिलझिलेस्थित प्रधान कार्यालयबाट नयाँ नेतृत्व सहित संस्थाको सत्र्रौ वार्षिक साधरण सभा सम्पन्न हुनेछ ।

साधरण सभाको उद्घाटन सत्रमा संस्थाका सदस्य यज्ञराज ओलीले पाँच जना कर्मचारीलाई नगदसहित सम्मान गरेका छन् । माधव पोख्रेल झिलझिले, मिना अधिकारी दमक, लक्ष्मण तामाङ झिलझिले र रमेश ढकाल केर्खा सेवा केन्द्रका कर्मचारी नगद ५ हजार १०५नगद सहित सम्मानित भएका छन् ।

यस्तै संस्थाले शुसिल न्यौपाने, केशव आचार्य, खगमाया अधिकारी र गरिमा श्रेष्ठलाई पनि सम्मान गरेको छ । यस्तै संस्थाका पूर्व कर्मचारी नेत्र कोइरालाई भव्य समारोहका विच सम्मान सहित विदाई गरिएको छ । उनले संस्थाबाट स्वेच्छिक अवकास लिएका थिए । संस्थामा  नियमित कारोवार गर्ने जगतमणी उप्रेती, राजन (नवराज) न्यौपाने सहित ३९ जनालाई सस्थाले सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष गणेश प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की लगायतको उपस्थिती थियो । पर्शुराम ढुंगानाले स्वागत गरेको कार्यक्रमको संचालन सचिव उदय प्रकाश राईले गरेका थिए ।