मोरङ । 

झापामा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २७ औ बार्षिक साधारण सभा अन्तर्गत आइतवार(आज) मोरङको दुलारीमा एकाईगत साधारणसभा सम्पन्न गरेको छ । 

संस्थाका बरिष्ठ उपाध्यक्ष्य हरिप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका नगर उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्य रहेको थियो । 

बार्षिक प्रगति प्रतिबेदन वरिष्ठ उपाध्यक्ष निरौलाले प्रस्तुत गरेको कार्यक्रममा लेखा परिक्षण प्रतिबेदन संस्थाका निर्देशक लक्ष्मण खतिवडाले प्रस्तुत गरेका थिए । प्रस्ताबित नीति तथा कार्यक्रम क्षेत्रिय संयोजक लोकबहादुर रोकाले प्रस्तुत गरेको थिए भने लेखा सुपरिबेक्षण समिति प्रतिबेदन अनुगमन प्रमुख महेश तामाङले प्रस्तुत गरेका थिए । 

स्वागत बिराटचौक सञ्चालन उपसमिति संयोजक चिरञ्जिवी रेग्मीले गरेको कार्यक्रमको सञ्चालन बिराटचौक सेवा केन्द्र प्रमुख मोतिखर संजेलले गरेका थिए ।  

कार्यक्रममा बलिया, धरान, तरहरा, पुस्पलाल चौक, बिराटचौक, बेलबारीका सेवाकेन्द्र प्रमुख तथा कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बलिया प्रमुख शिला कडरियासहित १० वटै सेवाकेन्द्र सन्चालन सहयोग उपसमिति संयोजक तथा सदस्यहरुको आतिथ्य रहेको थियो । कार्यक्रममा शेयर सदस्यबाट राखेका सुझाब तथा जिज्ञासा संकलन गरी उठेका सवालका जवाफ निर्देशक लक्ष्मण खतिवडाले दिएका थिए ।

उद्घाटन कार्यक्रममा स–साना विद्यार्थी भाईबहिनिले नृत्य प्रस्तुत गर्दै अतिथिहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा २ सय ५० भन्दा बढि शेयर सदस्यको उपस्थिति रहेको थियो ।  

सोही कार्यक्रमकाबिच १० जना एकल महिलालाई जनही ८ हजार रुपैयाँका दरले  ८० हजार र  जेष्ठ  नागरिक पोषण सम्मान कार्यक्रम  अन्तर्गत १ जनालाई ६ हजार रुपैयाँ वितरणसमेत गरिएको अनुगमन प्रमुख तामाङले जानकारी दिए ।