मानेभञ्ज्याङ। 

सातौ मानेभञ्ज्याङ गोल्डकप प्रतियोगितामा चाँद एफसी तीनधारिया र बिएसके जलपाइगुडी सेमीफाइनल प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा चाँदले जर्जियन एफसी कालेम्पोङ र दोश्रो क्वाटरफाइनलमा जलपाइगुडीले दलसिङपाडा स्पोर्टस एकाडेमीलाई हराएको हो ।

पहिलो खेलमा चाँदले  ४–२ गोल अन्तरले अन्तिम ४ मा स्थान बनाएको छ । प्रतियोगितामा सुरुवाती अग्रता जर्जियनले बनाएको थियो । कुन्जमान थापाले तेश्रो मिनेटमा नै गोल गरेका थिए । २३ औ मिनेटमा सिद्धान्त क्षेत्रीले खेल बराबरीमा ल्याए । खेलको ४८ औ मिनेटमा कुन्जमानले व्यक्तिगत दोश्रो गोल गर्दै जर्जियनलाई अग्रता दिलाए ।

 विरेन प्रधानले ५५ र भाइचुङ राईले ६५ औ मिनेटमा गोल गरेपछि ४–२ गोल अन्तरको जितका साथ चाँदले सेमीफाइनलमा स्थान बनाउन सफल रहयो । त्यसैगरी दोश्रो क्वाटरफाइनल खेलमा दलसिङपाडा स्पोर्टस एकाडेमीलाई सडनडेथमा हराउँदै बिएसकले अन्तिम ४ मा स्थान बनाएको हो ।

निर्धारित समयमा दुवै टिमबाट २–२ गोल भएपछि निर्णयक लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमा धकेलिएको खेलमा जलपाइगुडीले जित निकालेको हो । मेसुके ओलमाउले १५ औ मिनेटमा गोल गर्दै जलपाइगुडीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

 ३० औ मिनेटमा मेसुकेले व्यक्तिगत दोश्रो गोल गरे । कप्तान हेमराज भुजेलले ३६ र सुजल मुण्डा ९पोग्वा० ले ५४ औ मिनेटमा गोल गरेपछि दलसिंङपाडा खेलमा फर्किएको थियो । सडनडेथमा दलसिंङपाडा भाग्यमानी सावित हुन सकेन् । प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा सिरिजंघा स्पोर्टिङ क्लब भद्रपुरले कञ्चनजंघा एफसी सिलिगुडीको सामना गर्नेछ ।

सिरिजंघाले मोहम्मडन एथ्लेटिक कोलकत्ता र कञ्चनजंघाले हिमालयन शेर्पा काठमाण्डौलाई हराउँदै अन्तिम ८ मा स्थान बनाँएका थिए । प्रतियोगितामा नेपालका ५ र भारतका ११ क्लबको सहभागिता छ । प्रतियोगिताको बिजेताले ८ लाख रुपैया ९५ लाख भारु० तथा उपविजेताले ४ लाख ९२ लाख ५० हजार भारु० पाउने छन् । फाइनल खेल अक्टोबर १५ तारिक हुनेछ ।