सुरुङ्गा । 

कनकाई धाम धार्मिक बिकास संस्थाको आगामी असोज १५ गते हुने निर्वाचनमा दुई प्यानल बिच कडा प्रतिस्पर्धा हुने भएको छ । साझा प्यानल र स्वतन्त्र समुहबिच कडा प्रतिस्पर्धा हुने देखिएको हो । बिभिन्न राजनीतिक दलको साझा प्यानलको तर्फबाट नरेन्द्रप्रसाद फुयालको समुह  र स्वतन्त्र प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेद्वार शेरबहादुर थापा नेतृत्वको समुहबिच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । 

यसै क्रममा साझा प्यालले शुक्रवार (आज) सुरुङ्गामा पत्रकार भेटघाट मार्फत २० बुँदे प्रतिवद्धता सार्वजनिक गर्दै निर्वाचनमा आफ्नो समुहको जित हुने दावी गरेको छ । 

साझा प्यानलका तर्फबाट अध्यक्ष पदमा फुयालसहित बरिष्ठ उपाध्यक्ष निर्मलकुमार खतिवाडा, धार्मिक उपाध्यक्षमा प्रकाश थापा, पर्यटन उपाध्यक्षमा अम्बिकादेबी खरेल, महासचिमा कृष्णप्रसाद घिमिरे, सचिबमा यामनाथ खतिवडा र कोषाध्यक्ष मानबहादुर पौडेलले उम्मेद्वारी दिएका छन् । 

dal

त्यसैगरी सदस्यमा भरत संग्रौला, गायत्रा बुढाथोकी चौहान, अम्बिकादेबी रिजाल, धनपति चापागाई, नरपति पाठक, गंगाराम नेपाल, गणेशप्रसाद पोखरेल, गोपाल खरेल, डिल्लीराम पाठक, खगमाया चापागाई संग्रौला, टिकाराम निरौला, अर्जुनकुमार गिरी, रत्ना खड्का, मेघराज मगर, मनोजकुमार पोखरेल र सोमनाथ खतिवडाले उम्मेद्वारी दिएका छन् । 

प्यानलले सवै धार्मिक संघ संस्था तथा बौदिक ब्यक्तित्वहरुसँगको समन्वय र सहकार्य गर्दै धार्मिक यज्ञको आयोजना गरी संस्थाको अक्षयकोषलाई बलियो बनाउने, धार्मिक पाहुनाहरुको आवासका लागि ब्यवस्थित आवास गृह निर्माण गरिने, सुबिधा सम्पन्न सन्तआश्रम निर्माण गरिनेलगायतका २० बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गर्दै चुनावमा होमिएको चुनाव प्रचारप्रसार समितिका सह–संयोजक लीला चिमरियाले बताए । 

पत्रकार भेटघाट कार्यक्रममा चुनाव प्रचारप्रसार समितिका संयोजक खड्ग प्रसाई, अध्यक्ष पदका उम्मेद्वार फुयालसहित अन्य उम्मेद्वारले पनि आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस कनकाई नगर सचिव रेणु कडेलले गरेका थिए । 

संस्थामा १ हजार १ सय २८ मतदाता रहेको छन् । साझा प्यानलबाट २३ जनाले उम्मेद्वारी दिएका छन् । ३१ सदस्यीय समिति रहने संस्थामा निर्वाचित समितिले ८ जना मनोनित गर्ने जनाइएको छ ।