सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका वडा नम्बर ४ मा रहेको श्री कनकाईधाम धार्मिक विकास संस्थाको आगामी असोज १५ गते हुने निर्वाचनका लागि उम्मेद्वारले  मनोनयन दर्ता गरेका छन् । 

शेरबहादुर थापा नेतृत्वको स्वतन्त्र नागरिक कार्य सम्पादन समुहसहितका अन्य प्यानलका उम्मेद्वारले बिहीवार (आज) निर्वाचन आयोगले जारीको सूचना अनुसार उम्मेद्वारी मनोनयन दर्ता गराएका हुन् । 

स्वतन्त्र प्यानलमा कुनैपनि पार्टीमा नभएका उम्मेद्वार रहेको अध्यक्ष पदका उम्मेद्वार थापाले बताएका छन् । धार्मिक संस्थामा सिट बाडफाँड गरेर निर्माण हुन लागेको देखेर स्वतन्त्र रुपमा आफु नेतृत्वको स्वतन्त्र प्याल खडा गरी उम्मेद्वारी दिएको थापाको भनाई छ । पुस्ताकालय, संग्राहालय, मेचीकाली भवन पूरा गर्न साथै अन्य अधुरा धेरै कामहरु पूरा गनु पर्ने भएकाले आफु नेतृत्व प्यानल निर्वार्चित भए त्यसलाई पूरा गर्ने अध्यक्ष पदका उम्मेद्वार थापाले प्रतिवद्धता ब्यक्त गरेका छन् ।

sherbahadur dai

त्यस्तै पर्यटकीय स्थलका रुपमा रहेको उक्त धार्मिक संस्था अगाडी नबढेको बताउँदै त्यसलाई अगाडी बढाउने योजनासहित आफु नेतृत्व प्यानल खडा गरेको उनले जानकारी दिए । उनले आफु नेतृत्व प्यानलले जिते अधूरा र अपूरा सवै कार्य गर्ने बताएका छन् । उनले दलहरुको बिरुद्धमा गएर सवैले मतदान गर्नेसमेत विश्वास ब्यक्त गरे । 

स्वतन्त्र प्यानलका तर्फबाट अध्यक्षमा शेरबहादुर थापा, बरिष्ठ उपाध्यक्षमा डिल्लीराम बाह्रकोटी, पर्यटन उपाध्यक्षमा रामकुमार अधिकारी र धार्मिक उपाध्यक्षमा चन्द्रप्रसाद भेटवालले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । त्यस्तै महासचिवमा दिनानाथ खतिवडा, सचिवमा युवराज पौडेल र कोषाध्यक्षमा अम्बिका सुवेदी चापागाईले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी स्वतन्त्र प्यानलबाट अन्यले पनि सदस्य पदका लागि मनोनयन दर्ता गराएको जनाइएको छ । 

यता बिभिन्न ७ वटा राजनीतिक दलको गठबन्धनको तर्फबाट नरेन्द्रप्रसाद फुँयालको प्यानलले उम्मेद्वारी मनोनयन दर्ता गराएको जनाइएकोे छ । 

३२ जनाको कार्य समिति रहने संस्थामा २३ जना निर्वाचित हुने र ९ जना निर्वाचित समितिले मनोनित गर्ने स्वतन्त्र समुहका अध्यक्ष पदका उम्मेद्वार थापाले जानकारी दिएका छन् ।