लक्ष्मीपुर । 

प्रबिधिकयुक्त वर्तमान अवस्थाको प्रयोगसँगै आफ्नो दैनिक धेरै सहज तथा सजिलो बन्दै गएको छ । प्रविधिको सहि उपयोग गर्न सके जीवन सहज बन्ने र गलत तरिका अपनाए ठूलो क्षति हुने गरेका धेरै त्यस्ता उदाहरणहरु हामी माझ छन् । 

यसै सिलसिलामा झापाको कनकाई नगरपालिका वडा नम्बर ८ स्थित लक्ष्मीपुरका रञ्जित बसाकले प्रविधिकै प्रयोग गरेर जीवनलाई सहज बनाउने प्रयास गरिरहेका छन् । उनले यस्ता धेरै प्रविधिहरु निर्माण गरेका छन् जसको प्रयोगले हाम्रो दैनिकी सहज र सरल बन्न सक्छ ।  

उनले मोवाइलको सिसि क्यामेराको एप्स प्रयोगबाट आफु जुनसुकै स्थानमा भएपनि घरको सिसि क्यामेरा, बिजुलीबत्ती, पंखा जस्ता इलेक्ट्रोनिक्स सामाग्रीहरु मोबाइलबाटै अफअन गर्नसक्ने प्रविधि निर्माण गरेका छन् । 

‘अहिले जो कोहीले मोवाइल प्रयोग गर्छन्’ रञ्जितले भने ‘त्यसको प्रयोग गरेर आफु घरमा नभएको समयमा पनि बिजुलीबत्ती बाल्न र निभाउन सकिन्छ ।’ उनले त्यती मात्र होइन स्वदेशमा मात्र नभएर बिदेशमा भएको ब्यक्तिले पनि घरको सिसि क्यामेरा प्रयोगमार्फत घरको निगरानी साथै बिजुलीबत्ती, पंखालगायतका इलेक्ट्रोनिक्स सामाग्रीहरु बन्द र खोल्न सकिने बताउँदै प्रयोग गरेरै देखाएका छन् । 

उनका अनुसार उक्त स्टिम निर्माण गर्न क्यामेराको लागि सेन्सर ३ हजार ५०० सय, मर्मत खर्च ४ हजार र एक हजार ५०० रुपैयाँ सामाग्री गरेर जम्मा ९ हजार रुपैयाँ खर्च लाग्नेछ । उनले मोवाइलमै भएको क्यामेरा प्रयोग गरेर उक्त प्रविधि तयार गर्न सकिने बताएका छन् । उनका अनुसार सोही मोबाईकै क्यामेरा प्रयोग गरेर घरको निगरानी, क्यामेरा मार्फत दोहोरो कुराकाकी गर्नसमेत मिल्ने र घरको आवश्यक बिजुलीबत्तिहरु अनअफ गर्न सकिनेछ । 

ranjit ggg

त्यसैगरी रञ्जितले मोटर ड्राइभिङ स्कुलका लागि ट्राफिक लाइटसमेत निर्माण गरेर जडान गरिसकेको बताएका छन् । उनले उक्त लाइट ड्राइभिङ सिकेर बिदेश जानेका लागि उपयोगी हुने बताए ।  बैदेशिक रोजगारीको सिलसिलामा १० बर्ष कतारमा बसेर इलोक्ट्रीसियनको काम गर्दा सिकेको शीपलाई आफ्नै देशमा प्रयोगमा ल्याउन उनी प्रयासरत रहेका छन् । ट्राफिक लाइट जडानका लागि १५ हजार रुपैयाँसम्म खर्च लाग्ने रञ्जितले बताए । 

त्यस्तै उनले अपाङ्ग, असक्त र बिरामीका लागि पनि घरमा पंखा, मोटर, बिजुलीबत्तीहरु साथै बिभिन्न इलेक्टोनिक्स उपकरणहरु रिमोर्टबाट चलाउन सकिने प्रविधिको समेत निर्माण गरेर प्रयोगमा ल्याएको बताए । यसको खर्च एकदमै कम ३ हजार रुपैयाँ मात्रमा जडान गर्न सकिने रञ्जितले जानकारी दिए । उनले कनकाईस्थित दुर्गापुरका सवारी दुर्घटनामा परेर अपाङ्गता भएका लक्ष्मण प्रसाईको घरमा रिमोर्टमार्फत चल्ने मोटर निर्माण गरिदिएपछि अहिले उनलाई नुहानसाथै आफ्नो दैनिक आफै गर्न सहज भएको बताइएको छ । 

उनले सेन्सर प्रयोग गरेर फ्लोटिङ स्वीज निर्माण गरेका छन् । जसले खानेपानीको ट्याङकीमा पानी कम भएको अवस्थामा अटोमेटिक मोटर चल्ने र ट्याङ्कीमा पानी फुल भएको अवस्थामा अटोमेटिक अफ हुने साथै मोटर पानीरहित चलेमा सेन्सर मार्फत साइरन बज्ने प्रबिधिसमेत निर्माण गरी प्रयोग गरिसकेको बताएका छन् ।