गौरीगञ्ज । 

भारतबाट भञ्सार छलेर नेपाल ल्याउँदै गरेको एक लाख २० हजार एकसय रुपैयाँ बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको छ । 

झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर ६ देविगञ्जबाट ईलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोलीले बिहीवार भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याउदै गरेका बिभिन्न सामान नियन्त्रणमा लिएको हो । 

प्रहरीले ५० केजी धनिया १० हजार रुपैयाँ बराबरको नियन्त्रणमा लिएको हो । त्यसैगरी बिहीवार नै झापा मेचिनगर नगरपालिका वडा नं. १३ चारआली चौकबाट जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी चारआलीको संयुक्त प्रहरी टोलीले विभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको ढोकाको छिड्किन, ढोकाको हेण्डल, कलको वासर, कलको जिब्रि र धाराको एङगल १ लाख १० हजार १०० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ ।

नियन्त्रण गरिएको सामान आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।