झापा । 

झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ आपगाछीबाट प्रतिबन्धित लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय गौरीगञ्ज र प्रहरी चौकी कोरोबारीको संयुक्त प्रहरी टोलीले बुधवार पक्राउ गरी शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का २६ बर्षिय सुबास तामाङ र सोही मोटरसाईकल पछाडी सवार शिवसताक्षी–९ का ४० बर्षिय भिमप्रसाद तुम्बाहाम्फेलाई बिहीबार सार्वजनिक गरेको हो । 

भारतबाट नेपालतर्फ आउँदै गरेको मे. ५ प. ९१३५ नं.को मोटरसाईकलका चालक  तामाङ र मोटरसाईकल पछाडी सवार तुम्बाहाम्फेलाई चेकजाँच गर्दा सुबास तामाङको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर १ ग्राम ४०० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । 

ब्राउन सुगर फेला परेसँगै दुबै जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।