हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर २ र ४ मा रहेको श्री श्री १००८ बाबा गाणिनाथ मन्दिरस्थित काजली बजारमा मिथिला समाजका महिलाहरुले पहिलो पटक सामुहिक रुपमा ‘तीज बिशेष कार्यक्रम’ गरेका छन् । 

श्री श्री १००८ बाबा गाणिनाथ समावेशी सेवा समितिको उप–समिति माता खेमासरी महिला सेवा उप–समितिले पहिलो पटक बिहीवार तीज बिशेष कार्यक्रम गरेको हो । 

माता खेमासरी महिला सेवा उप–समितिको आयोजना तथा श्री श्री १००८ बाबा गाणिनाथ समावेशी सेवा समितिको सह–आयोजनामा तीज बिशेष कार्यक्रम आयोजना गरिएको छ । 

माता खेमासरी महिला सेवा उप–समितिकी अध्यक्ष रञ्जिता शाहको अध्यक्षतामा भएको कार्यक्रममा श्री श्री १००८ बाबा गाणिनाथ समावेशी सेवा समितिका अध्यक्ष नितेश शाहको प्रमुख आतिथ्य रहेको थियो । सोही कार्यक्रमकाबिच महिला जेष्ठ सदस्य तथा कुल पुजारी कालुदेबी शाह, मन्दिरका जग्गादाता उदय, उमेश र रामु शाहलाई सम्मानसमेत गरिएको थियो । 

माता खेमासरी महिला सेवा उप–समितिकी सदस्य खुसी शाहले स्वागत गरेको कार्यक्रममा धन्यावाद ज्ञापन राजकिशोर शाहले गरेका थिए भने सञ्चालन पंकजकुमार शाहले गरेका थिए । 

बाबा गणिनाथको भात्रृ सस्थाको रुपमा रहेको उक्त समितिले  नाचगान, खेलकुद, मनोरञ्जनसहित बिबिध कार्यक्रम तथा उचित पुरस्कारको ब्यवस्थापन गरी कार्यक्रम सम्पन्न गरेको मन्दिरका अध्यक्ष नितेश शाहले जानकारी दिए । कार्यक्रममा महिला, बालबालिकासहित ६५ जनाबढीको उपस्थिति रहेको थियो ।