बिर्तामोड। 

झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो ११ औं स्थापना दिवस मनाएको छ ।संस्थाले सोमबार बिर्तामोडमा ११ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको हो । संस्थाले कर्मचारी अभिमुखीकरण तथा तीज मिलन कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।

संस्थाका अध्यक्ष सुब्रत न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सञ्चालक समिति, ऋण, लेखा लगायत विभिन्न उपसमिति एवम् कर्मचारीको उपस्थिति रहेको थियो ।

कार्यक्रमममा संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले संस्थाको आगामी योजना र कर्मचारीको भूमिका लगायतका बारेमा प्रशिक्षण दिएका थिए । सदस्यलाई अधिकतम् सेवा प्रवाह गर्ने लक्ष्य लिइएको उनले बताए । 

संस्थाका उपाध्यक्ष हेमराज मिश्रले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सञ्चालन सूर्यकुमार खतिवडाले गरेका थिए ।