बिर्तामोड । 

बिद्यार्थीको क्षमता अभिबृद्धि गर्ने उदेश्यले झापाको बिर्तामोडमा सञ्चालित मनकामना बिद्यालयले प्राविधिक शिक्षा शुरु गरेको छ । बिद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का बिद्यार्थीलाई इलेक्ट्रीशियन, प्लम्बीङ, मोटरसाइकल मर्मत, ब्यूटीशीयन, बिल्डिङ तथा कन्स्ट्रक्शन निर्माणका लागि महिनामा एकदिन प्राविधिक शिक्षा प्रदान गर्न शुरु गरेको हो । 

बिद्यालयले किताबी ज्ञान मात्र नभएर महिना एकदिन बिद्यार्थीलाई प्राविधिक ज्ञान सिकाउन सोमबार आजदेखि शुरु गरेको प्रधानाध्यापक केशव ढुङ्गानाले जानकारी दिए ।

manakamana c

 बिद्यार्थीलाई ब्यूटीशियन अन्तरगत हेयर केयर, स्कीन केयर र मेकअप केयर सिकाइने जनाइएको छ । ब्यूटिशिएनका लागि बिर्तामोडको ग्लोबल लुक्स फेमिली सलुन एण्ड एकाडमीकी सञ्चालक संगीता रसाइलीको टिमले सहजीकरण गर्ने भएको छ । त्यस्तै मोटरसाइकल मर्मत बिनोद पाण्डे, प्लम्बिङ शंकर गौतम, इलेक्ट्रिसियन जयन्ता आचार्यलगायतले सहजीकरण गर्ने बिद्यालयका प्रधानाध्यापक ढुङ्गानाले बताएका छन् ।

उनका अनुसार ‘बुक फ्रि डे’ अन्तरगत महिनामा एक दिन कक्षा ८ र ९ मा अध्ययनरत बिद्यार्थीलाई १४/१४ जनाको समुह बनाएर प्राविधिक शिक्षा दिन लागिएको हो । 

कार्यक्रमको औचित्यमाथि प्रकाश बिद्यालयका प्रधानाध्यापक ढुङ्गानाले पारेको कार्यक्रममा बिद्यालय सञ्चालक समिति सदस्य  शारदाप्रसाद थपलियाले बिद्यार्थीलाई आइपर्ने सामान्य प्राविधिक समस्याहरु आफै हल गर्न सकुन भनेर बिद्यालयले प्राविधिक शिक्षालाई जोड दिएको बताए ।  उद्घाटन कार्यक्रमको सञ्चालन बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापाका अध्यक्ष सरोज पौडेलले गरेका थिए । कार्यक्रममा बिद्यालयका भाइस प्रिन्सिपल ध्रुवकुमार गौतमलगायतको उपस्थिति रहेको थियो ।