हल्दिवारी । 

झापाको हल्दिबारी गाउँपालिकामा रहेको ध्रुर्वतारा बहुउद्देश्य विधुत उपभोक्ता समितिको शनिबार सम्पन्न निर्वाचनमा डम्बर दाहाल र मुक्ति दंगाल निर्वाचीत भएका छन।

धुर्वताराका १४९३ सदस्य मध्ये ७११ जनाले मतदानमा भाग लिएका थिए।  बिहान ८ बजे शुरु भएको निर्वाचन बेलुका ४ बजे सम्पन्न भएपछि वडा नम्बर ४ को कार्यालयमा मत गणना सम्पन्न भएको निर्वाचन समितिले जानकारी दिएको छ।

निर्वाचन सम्पन्न गर्न हल्दिबारी गाउँपालिकाका प्रशासन शाखा अधिकृत बाबुराम ढकाललाई निर्वाचन अधिकृत तोकिएको थियो। निर्वाचन समितिका अनुसार  डम्बर दाहाल चुनाव चिन्ह (बाघ) मुक्ती दङ्गाल चुनाव चिन्ह (हात्ती) र ज्ञानबहादुर माबोको चुनाव चिन्ह (जरायो) रहेको थियो।

१७ सदस्य कार्य समितिको लागि आज निर्वाचित सदस्य पछि कार्य विभाजन हुने समितिले जनाएको छ । १३ जना सदस्यहरु सर्व सम्मत चयन भएका थिए। भने दुई जना सदस्यको लागि ३ जनाको उम्मेदवारी परेपछि निर्वाचन गर्नु परेको निर्वाचन समितिले जनाएको छ । २ सदस्य भने कार्यसमिति बैठकले चयन गर्नेछ ।

अन्तिम मत परिमाण अनुसार डम्बर  दाहाल ४३७ मत र मुक्ति दंगाल ४०१ मत प्राप्त गरि विजयी भएका छन भने ज्ञानबहादुर माबोले ३१७ मत प्राप्त गरेका छन्।