कनकाई ।

झापाको कनकाई नगर खेलकुद विकास समितिले एसिया कप क्रिकेटमा विजेता बन्न सकेमा नेपालबाट खेल्ने सबै खेलाडीलाई जनही १ लाख रुपैंयाँ पुरस्कार स्वरुप प्रदान गर्ने घोषणा गरेको छ ।

एसिया कप क्रिकेटमा भारत विरुद्ध पहिला ब्याटिङ गर्न लागेको नेपालका खेलाडीलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्दै कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिनाले खेलाडीलाई थप हौसला प्रदान गर्दै पुरस्कार स्वरुप नगद राशी प्रदान गर्ने घोषण गरे । अध्यक्ष तिम्सिनाले प्रतियोगितामा यदि नेपाल उपविजेता बनेको अवस्थामा समेत एकसय रन सम्म ल्याउँने नेपाली खेलाडीलाई रु.एकलाख पुरस्कार स्वरुप प्रदान गर्ने घोषणा गरे ।

भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ्ग गर्ने अवसर पाएको हो । श्रीलंकाको पाल्लेकिल्ले स्टेडियमा यसअघि भारत र पाकिस्तानले खेलेकै पीचमा नेपाल र भारतको खेल खेलाइँदै छ । एशिया कपमा नेपाल र भारतबीच बहुप्रतीक्षित खेलकालागी देश तथा विदेशमा रहेका नेपालीले बहुत चासोका साथ खेलको अवलोकन गरिरहेको बुझिन्छ ।