• सुदिप खवास 

बिर्तामोड । 

एमिटी कलेज स्थापनाको २५ औ बर्ष प्रवेशका अवसरमा अतिरिक्त क्रियाकलाप अन्तरगत बिबिध कार्यक्रम भएको छ । झापाको बिर्तामोड–५ मा सञ्चालित एमीटी कलेजले अतिरिक्त क्रियाकलाप अन्तरगत सन्देशमुलक टिकटक, निबन्ध लेखन र कथा बाचन प्रतियोगिताको पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको हो । 

नेपाली निबन्ध लेखन प्रतियोगितामा नियम कार्की प्रथम भएका छन भने दोस्रो जेनिस भण्डारी र तेस्रो जेनिशा श्रेष्ठ भएका छन् । त्यस्तै अंग्रेजी निबन्ध प्रतियोगितामा रोशन शाह प्रथम, रियाज भेटवाल दोस्रो र इशिका तामाङ भएका छन ।  निबन्ध लेखनको निर्णायकमा प्रध्यापक रामकृष्ण ढकाल र अशोक गणेश रहेका थिए ।  

कथा बाचन प्रतियोगितामा यस्मिन पाण्डे प्रथम, स्नेहा सुवेदी दोस्रो, आकृती आचार्य तेस्रो र सलिना गुरागाइले सान्तवना स्थान हासिल गरेका थिए । उक्त प्रतियोगिताका निर्णायकमा चलचित्र निर्देशक तथा कलाकार अभिषेक धमला र प्राध्यापक गणेश आचार्य रहेका थिए । 

सो प्रतियोगितामा उत्कृष्ट रहेका चार कथाहरुलाई पुनः पटकथा,  सम्बाद पुनः लेखन गरि रास्ट्रिय छोटो चलचित्र महोत्सवका लागि छायांकन गरिने चलचित्र निर्देशक धमलाले बताएका छन् ।  निबन्ध लेखन र कथा बाचन प्रतियोगिताका प्रथक, दोस्रो, तेस्रो र सान्तवना हुने प्रतियोगी बिद्याथीलाई शनिवार कलेजमा आयोजित एक कार्यक्रमका बिच पुरस्कार बितरण गरिएको थियो । 

कार्यक्रममा कलेजका प्राध्यापकहरु राजेश सुवेदी, प्रमोद सिटौला, गणेश आचार्य, केपि खतिवडालगायतले बिद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए । 

त्यस्तै कलेजका सस्थापक सञ्चालक ममताकुमारी शाह, केशबी ढकाल,  कलेजका को–अडिनेटर बिनोद शाह र प्रिन्सिपल राधेश्याम शर्मा ढकाललगायतले प्रतियोगितामा बिजयी भएका बिद्यार्थीलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन एमिटी सेकेन्डरी स्कुलका एकाडेमिक इन्चार्ज अशोक गणेश र शिक्षक दिनेशराज शर्माले गरेका थिए ।