बिराटनगर ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी कार्यालयका प्रदेश स्तरिय फुटबल तथा भलिवल खेलाडीहरुलाई गेम ड्रेस बितरण गरेका छन् ।

बिहीवार (आज) कोशी प्रदेश प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रदेश प्रहरी प्रमुख बास्तोलाले प्रहरी खेलाडी टोलीका ३३ जना प्रहरी कर्मचारीलाई जुत्ता, ट्रयाकसुट, हाफपेन्ट तथा भेष्ट बितरण गरेका हुन् । 

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी तथा कोशी प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।