हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिका वडा नं २ मा शुक्रबार (आज) भएको निःशुल्क आँखा शिविरमा  दुईसय ३० जनाले आँखा परिक्षण गराएका छन् । 

नेपाल बिद्यार्थी संघ(नेबिसंघ) झापाको आयोजना तथा नेपाल बिद्यार्थी संघ हल्दिबारी गाउँ समितिको समन्वयमा भएको शिविरमा काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोग रहेको थियो । 

‘दृष्टि जोगाऔं, अन्धोपन घटाऔं’ भन्ने मुल नाराका साथ संघले काजली बजारस्थित हल्दिबारी–२ को  राष्ट्रिय एकता प्राबिमा  निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो । शिबिरमा निःशुल्क आँखा चेकजाँच, निःशुल्क औषधि बितरण र निःशुल्क मोतिबिन्दुको शल्यक्रियाका लागि पठाएको जनाइएको छ । शिविरमा डा.प्रज्वल भट्टराईले आँखा परिक्षण गरेका हुन् ।

शिविरमा २ सय ३० जनाले आँखा परिक्षणको सेवा लिएको जनाइएको छ ।  मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने २४ जनालाई काँकरभिट्टा आई केयर सेन्टर पठाइएको छ भने बिरामीलाई निःशुल्क औषधि पनि वितरण गरिएको नेपाल बिद्यार्थी संघ जिल्ला सदस्य किशोर ढुङ्गेलले बताए।