बिर्तामोड । 

आईडब्लुएफएन कराँते डो संघ((IWFN) झापाको जिल्ला अधिवेशन बिर्तामोडमा सम्पन्न भएको छ । अधिवेशनले डिल्लीराम सुब्बाको अध्यक्षतामा नौ सदस्य समिति चयन  चयन गरेको छ । 

बिर्तामोडमा सोमवार (आज) भएको अधिवेशनबाट समितिको उपाध्यक्षमा किरण ओली, सचिबमा सुदिप खवास, सह–सचिवमा गम्भिर राई र कोषाध्यक्षमा  निरा क्षेत्री चयन भएका छन् । त्यसैगरी सदस्यमा आशिष राई, निसान गुरुङ, रितेष चौधरी र सन्जोग पराजुली चयन भएका छन् । 

कोशी प्रदेशका टेक्निकल प्रमुख ज्ञानेन्द्र राईको  अध्यक्षतामा भएको अधिवेशनमा झापा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) को प्रमुख अतिथ्य रहेको थियो । 

 सुदिप खवासले स्वागत गरेको कार्यक्रममा युवा नागरिक समाज झापाका अध्यक्ष केशव भण्डारीले नव निर्मित समितिलाई शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा चन्द्रबहादुर राई र हेमन्त सुबेदीलगायत केन्द्रिय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।