झापा । 

केही दिनअघि झापाको भद्रपुर नगरपालिका वडा नम्बर १० धनुषमोडस्थित चन्द्रगढी–चारआली सडक खण्डमा बेवारिसे अवस्थामा फेला परेको सवारी आवश्यक कारवाहीका लागि भञ्सारमा बुझाइएको छ । 

गत असार २८ गते बेवारिसे अवस्थामा रहेको मे १ च २९८६ नम्बरको मारुती सुजुकी (ईको) भ्यान अन्दाजी २० लाख रुपैयाँ बराबरको प्रहरीले फेला पारेको थियो । 

फेलापछि जिल्ला प्रहरी कार्यालय झापामा राखेर गाडी धनीलाई खोजतलास गर्दा हालसम्म फेला नपरेको, सम्बन्धित यातायात ब्यावस्था कार्यालयसँग बिबरण माग गर्दा पनि ईन्जिन नं. र चेचिस नम्बर मेल नखाएकोले आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।