बिर्तामोड ।
झापाको बिर्तामोडमा प्रदेश स्तरीय स्नुकर च्याम्पियनसीप शुरु भएको छ । बिर्तामोड स्नुकरको आयोजनामा शुरु भएको स्नुकर प्रतियोगिताको बिहीवार (आज) एक कार्यक्रमकाबिच उद्घाटन भएको हो ।
बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा हार्डरक स्नुकरका सञ्चालक तथा कार्यक्रमका प्रमुख अतिथि चित्रबहादुर राईले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रमुख अतिथि राई तत्कालिन मेची अञ्चलमै स्नुकर भित्र्याउने पहिलो ब्यक्ति भएको बताइएको छ ।
प्रतियोगितामा प्रदेश भरीका ९६ जना खेलाडी सहभागी रहने प्रतियोगितालाई संयोजन गरिरहेका तथा बास्केट बल झापाका अध्यक्ष प्रकाश लिङ्देनले जानकारी दिए । ताप्लेजुङ, पाँचथर, इलाम, मोरङ, सुनसरी, भोजपुरलगायतका जिल्लाबाट खेलाडी सहभागी हुने प्रतियोगितामा झापाबाट ५२ जना खेलाडीले सहभागीता जनाउने बताइएको छ ।
प्रतियोगितामा पहिलो हुने खेलाडीलाई नगद ५१ हजार, दोस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कारसहित ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी सेमि फाइनलमा पुग्ने २ जना खेलाडीलाई ५÷५ हजार, बेष्ट प्लेयरलाई १० हजार र हाइस ब्रेकलाई १० हजार रुप्रयाँ प्रदान गरिने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित ५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
उद्घाटन कार्यक्रममा झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत, बिर्तामोड–४ का वडाध्यक्ष राहुलकुमार शर्मालगायले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन कुसल खतिवडाले गरेका थिए ।