झापा । 

चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर झापामा एक जना महिलाको मृत्यु भएको छ ।  झापा गौरीगञ्ज गाउँपालिका वडा नं. १ टुनु बस्ती की ५५ बर्षियाा  शिला बुढाथोकी फोन उठाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । 

खेतमा काम गरेर घरमा आएर चार्जमा रहेको मोबाईलमा आएको फोन उठाउने क्रममा अचानक फोनबाट करेन्ट लागेर घटनास्थलमै उनको मृत्यु भएको  प्रहरीले जनाएको छ ।

उक्त घटनाको बिषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।