झापा । 

झापाको भद्रपुर नगरपालिकाका छुट्टाछुट्टै स्थानबाट छ वटा बेवारिसे मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा भद्रपुर नगरपालिका वडा नं.८ घोडामार चौकदेखि दक्षिणतर्फ जाने सडक खण्डको छेउमा बेबारीसे तथा शंकास्पद अवस्थामा रहेका चार वटा मोटरसाइल नियन्त्रणमा लिएको हो । 

त्यस्तै भद्रपुर नगरपालिका वडा नं.८ चन्द्रगढीदेखी भद्रपुर आवत–जावत गर्ने पक्की सडक खण्डको पश्चिम किनारबाट पनि बेबारीसे तथा शंकास्पद अवस्थामा रहेका दुईवटा गरी जम्मा ६ वटा मोटरसाईकल नियन्त्रणमा छ । 

प्रहरीले मे.९ प.३०८७ नं.भएको १२५ सिसि भएको रातो रंगको सुपर स्पलेण्डर मे.६ प.३७४८ नं.भएको १६०  सिसि भएको एनएस, मे.९ प.१०७० नं.भएको १५०  सिसि भएको कालो रंगको पल्सर, मे.१० प.९५५९ नं.भएको, २२० सिसि भएको निलो रंगको पल्सर, मे.७ प.३६५० नं.भएको सिल्भर रंगको टिभिएस कम्पनीको भिक्टोर र मे.१० प.८१७२ नं.भएको, १५० सिसि भएको कालो रंगको पल्सर मोटरसाईकल नियन्त्रणमा लिएको जनाएको छ । 

नियन्त्रणमा लिइएका छ वटै मोटरसाइकल आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।