मेचीनगर । 

सरकारले जटिल प्रकृतिका बिरामी नागरिकका लागि उपचार खर्च वापत दिने भनेको रकम समयमा उपलब्ध नगराउँदा नगरबासीलाई समस्या भएको छ । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यथाशीघ्र पचार खर्च वापतको रकम उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका छन् ।

नगरप्रमुख बुढाथोकीले नगरपालिकाको तर्फबाट नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै नगरमा उपचारमा सहयोगका लागि माग भएका २०१ जना बिरामीको आर्थिक बर्ष २०७९/०८० को लागि उपचार खर्च वापतको  ८७ लाख २० हजार रूपैयाँ यथाशीघ्र विनियोजन गर्न आग्रह गरेका हुन् । उनले नगरपालिकाको तर्फबाट यसअघि पनि मंसिर र बैशाखमा पत्र गर्दा पनि त्यसको कुनै सुनुवाइ नभएपछि पुःन मन्त्रालयलाई पत्र पठाइएको बताए ।

राज्यले उपलब्ध गराउने भनेको जटिल प्रकृतिका बिरामीहरू (मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइएका, क्यान्सर बिरामी, मेरूदण्ड पक्षघात) का बिरामीहरूलाई औंषधि उपचार खर्त वापतको रकम समयमा उपलब्ध नगराउँदा बिरामीलाई थप समस्या भएको छ । मन्त्रालयले यथाशीघ्र रकम जनगुनासाहरू आउन थालेको बताउँदै त्यसलाई सम्बोधन गर्न मन्त्रालयलाई  पत्र पठाइएको उनले बताए ।