मेचीनगर । 

घाइतेको उपचारमा सहयोग गर्ने उद्देश्यले झापाको धाइजनमा शनिबार च्यारेटी(सो हुनेभएको छ । मेचीनगर-१३ निवासी आशिष मगर गत जेठ १३ गते आफ्नै सवारीबाट लडेर घाइते भएका थिए । घाइते आशिषको तत्काल बिर्तामोडस्थित बि एण्ड सि हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो । 

आर्थिक अभावका कारण आशिषको उपचारमा समस्या आएपछि च्यारेटी-सो गर्ने भएको हो । शनिबार एकदिन भरि जुटेको रकम उनको उपचारमा आर्थिक सहयोग गर्ने भएको हो । घाइते आशिष हाल सामान्य हिँड्डुल गर्न थालेपनि पुर्ण उपचार नहुँदा अचेत अवस्थामा छ्न् ।

 झापाको मेचीनगरमा संचालित धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सवमा च्यारेटी(सो हुनेभएको हो ।  स्थानीय कलाकार र रास्ट्रिय कलाकार सशि मण्डल र योगेश मगरले संगीतमय प्रस्तुति गर्ने आयोजक समितिमा अध्यक्ष सुरेश बुढाथोकीले बताए । धाइजनमा महोत्सव आयोजना गर्नेका लागि आशिषले सहयोग पुर्याएको बताइएको छ ।

च्यारेटी(सोकै लागि प्रथम धाइजन महोत्सव-२०८० मा एक दिन आशिषको स्वास्थ्योपचारका लागि योगदान दिएको ठेकेदार गणेश राउतले बताए । च्यारेटी(सो मा न्यूनतम १०० रुपैयाँ टिकट राखिएको अयोजकको भनाई छ ।