बिर्तामोड ।
प्रथम मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगितामा काँतातर्फ बाग्मतीका आयुश दराई र प्रजिशा श्रेष्ठ च्याम्पियन बनेका छन् । शनिबार (आज) देखि झापाको बिर्तामोडमा शुरु भएको मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगिताको पहिलो दिन काँतातर्फको इभेन्टमात्र सम्पन्न भएको छ । १२० जना खेलाडी सहभागी प्रतियोगितामा क्वाटर फाइनलको खेल शनिबार भएको थियो ।
काँतातर्फ पुरुषमा लुम्बिनीका रबिन्द्र सुनार दोस्रो, सुदुर पश्चिमका रोहित तामाङ्ग तेस्रो भएका छन् । महिलातर्फ कोशी प्रदेशकी करुण राई दोस्रो, मधेस प्रदेशका सबिना दियाली तेस्रो भएकी छन् । प्रतियोगितामा बिजेताले क्रमशः मेडलसहित १० हजार, ७ हजार र ५ हजार रुपैंयाँ पुरस्कार प्राप्त गरेका छन् । पुरुषतर्फ ८ र महिलातर्फ ७ वटा इभेन्टमा प्रतियोगिता भइरहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभाका सभामुख देशराज घिमिरेले राजनीतिक खेलका कारण नेपाली खेलक्षेत्र ओझेलमा परेको टिप्पणी गरे । घिमिरेले प्रतिनिधिसभाबाट नेपालको खेल क्षेत्रलाई आवश्यक पर्ने सबैखालको सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । जननेता मदन भण्डारीको हत्या भएको पनि तीस वर्ष बितिसकेको अवस्थामा उनको हत्यापछि जन्मेका युवावर्गलाई मदन भण्डारीबारे चिनाउने अवस्था मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गरेको उनले बताए ।
प्रतियोगिता आइतबार समापन हुने आयोजक कमिटीका उपाध्यक्ष तुलसी मैनालीले जानकारी दिए । प्रतियोगितामा आयोजकको एकसहित देशका ७ वटै प्रदेशका खेलाडीहरु सहभागी रहेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतियोगिताको उद्घाटन गर्दै राजनीतिक खेलका कारण साँच्चै खेलहरू ओझेलमा परेको बताए । सभामुख घिमिरेले विगतमा प्रतिकूल परिस्थितिमा पनि खेल क्षेत्रलाई उचाइमा पुर्याउने खेलाडीहरूको उच्च सम्मान हुन नसकेको बताए ।
तस्वीर : राजकुमार ओली