झापा। 

झापाको हल्दिबारी गाउँ कमिटीमा १३ सदस्यीय मदन भण्डारी स्पोर्ट्स एकेडेमी गठन भएको छ । एकेडेमीको अध्यक्षमा सर्वधन तामाङ र सचिवको जिम्मेवारी अभिषेक खतिवडालाई दिइएको छ ।

खतिवडा नेकपा एमालेका विद्यार्थी नेता पनि हुन् । खतिवाडले युवा संजा बाट समाज रुपान्तरण र परिवर्तनमा होमिएका खतिवडाको सिर्जनात्मक यात्रा निकै लामो छ । बाल क्लब, नागरिक मञ्च, समाज सुधार समिति, टोल विकास समिति, सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलगायत विभिन्न जिम्मेवारीको राम्रो अनुभव हासिल गरिसकेका छन्।

खतिवडा अरु भन्दा भिन्न र अनौठो किसिमका छन् ।  गत स्थानीय तहको निर्वाचनमा आफ्नो वडाको कार्यालय सचिव भएर ५ जना जनप्रतिनिधिलाई निर्वाचन जिताउन विशेष भुमिका खेलेका थिए भन्ने संघिय निर्वाचनमा राप्रपाले गरेको अनुचित तालमेल विरुद्ध पार्टी नेताहरुलाई प्रश्न सोध्दै आफ्नो जिम्मेवारीबाट राजिनामा समेत दिएका थिए।

सामाजिक जीवनमा रमाउने खतिवडा न्यमित रक्तदाता पनि हुन्। उनले २४ औ पटकको रक्तदान यात्रा पूरा गरिसकेका छन्। बजारका फोहोर टिप्नेदेखि टिपाउनेसम्म र जन्मोत्सव जस्ता उत्सवलाई रचनात्मक बनाउ पर्छ भनेर बालबालिका र युवाका प्रेरणा स्रोत बन्न सफल भएका छन्। अबको पिढीलाई रचनात्मक एवम सिर्जनात्मक बनाउनु पर्छ भन्ने नारासहित खतिवडा लागुऔषध विरुद्ध पनि कार्यक्रमहरु आयोजना गर्दै आएका छन् ।

तामाङले अध्यक्ष र खतिवडाले सचिवको जिम्मेवारी प्राप्त गरेसँगै उपाध्यक्षमा रस्मिता वन, सहसचिवमा जोगेन हस्दा, कोषाध्यक्षमा योगेश ढकाल र टिकाराम वन, चिरन ढुङ्गेल, खेम चम्लागाई, दिपिका गिरी, सन्जोक राई, विपिन शिवाकोटी, याम ढङ्गाल र सुरज दर्जीलाई सदस्यको जिम्मेवारी तोकिएको छ ।