झापा । 

वैदेशिक रोजगारीका लागि आकर्षक तलबमा पठाइदिने बहानामा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । कम्बोडिया र दुबई पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१० घर भई हाल काठमाडौं बस्दै आएकी ४५ वर्षीया मुनादेवी कार्की र ।  सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ घर भई हाल काठमाडौंमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर तामाङ छन् । 

 कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि दुबई पठादिने बहानामा ४ लाख ५० हजार रुपैयाँ र तामाङले खुमबहादुर रानालाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने बहानामा ५ लाख रुप्रयाँ ठगी गरेको प्रहरीको आरोपमा पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

पक्राउपछि प्रहरीले दुवै जनालाई वैदेशिक रोजगार ऐनअनुसार थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाएको बताइएको छ ।