बिर्तामोड । 

झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ६ को सिद्धमणि माध्यमिक बिद्यालयमा एक दिने आँखा सिबिर सम्पन्न भएको छ। नेपाल बिद्यार्थी संघ झापाको आयोजना र काँकरभिट्टा आई केयर सेन्टर प्रालिको प्राबिधिक सहयोगमा भएको शिबिरमा ३ सय ५४ जनाले सेवा लिएका छन्।

 शिबिरमा आँखा चिकित्सकहरुले सेवाग्राहीलाई सेवा प्रदान गरेको नेबिसंघ झापा सचिव एलेक्स मैनालीले जानकारी दिए । 

संघका सभापति संजय निरौला, प्रमुख अतिथि नेपाली कांग्रेस गाउँ सभापती इन्द्र बस्नेत र संघका निबर्तमन सभापति राजेन्द्र उप्रेतीले उत्घाटन गरेको शिबिरमा आँखाका बिरामी हरुलाई निःशुल्क औष्धि र ५४ जनालाई चश्मा बितरण गरिएको छ भने ८१ जनालाई मोतिया बिन्दुको सर्जरी गर्नका लागि काँकरभिट्टा आइ केयर सेन्टर लैजाने संघका सभापति निरौलाले बताए ।

सर्जरीको खर्च १४ हजारका दरले ११ लाख ३४ हजार हुन आउने र सम्पुर्ण रकम छुट गराई निशुल्क सर्जरी हुने निरौलाले जानकारी दिए ।