झापा।

झापा हल्दिबारीमा सञ्चालन  भएको प्रथम त्रिवेणी मिनि गोल्डकपको उपाधि आयोजक त्रिवेणी युथ क्लबले जितेको छ। युवा एकता समाज हल्दिबारी २ र  त्रिवेणी युथ क्लब बिच भएको फाइनल खेल निकै प्रतिस्पर्धात्मक  बनेको थियो।

निर्धारित र थपिएको अतिरिक्त समयमा दुवै समूहबाट बराबरी  २–२ गोल भएपछि पेनाल्टी सुट मार्फत त्रिवेणीले उपाधि चुम्न सफल भएको थियो। खेलको बिजेता समूहले नगद ३० हजारसहित ट्रफि र उपबिजेता समूहले नगद २० हजारसहित ट्रफि जितेका छन्।

बिजेता र उपबिजेता दुवै समूहलाई प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनसहित अतिथिहरुले पुरस्कार वितरण गरेका थिए। त्रिवेणी मिनि गोल्डकप जेठ १२ गतेबाट शुरु भएको थियो ।