बिर्तामोड।

 विश्व साइकल दिवसको अवसर पारेर झापामा साइकल र्‍याली निकालिएको छ । राइड, कनेक्ट, एडभोकेट र इन्जोए भन्ने थिम बनाएर झापाली साइक्लिस्टहरुले र्‍याली निकालेका हुन् ।

झापा साइक्लिङ क्लबको आयोजनामा भएको कार्यक्रममा २५ जना साइक्लिस्टहरुको सहभागिता रहेको थियो । बिहान बिर्तामोडबाट सुरु भएको र्‍याली चारआलीबाट धाइजन हुँदै मागुरमाडी भएर निन्दा पोखरी पुगेको थियो ।

निन्दा पोखरीमा भएको छलफलमा साइकल दिवसलाई सार्थक पार्न झापामा साइकल संस्कृतिको विकास गर्न जरुरी रहेको सहभागीहरुको जोड थियो ।र्‍यालीमा १० वर्ष उमेरदेखि ६० वर्ष उमेरसम्मका साइक्लिस्ट सहभागी रहेको क्लबका अध्यक्ष आकाश श्रेष्ठले जानकारी दिए ।

साइकल यात्रा निन्दा पोखरी हुँदै थोप्लेविरान वनको क्षेत्र–७ नम्बर बुधबारे–सेतीपानी–कालिस्थान–सालबारीबाट बिर्तामोडमा आएर टुंगिएको थियो । र्‍याली ५० किलोमिटर दूरीको रहेको थियो ।