झापा । 

वैदेशिक रोजगार विभागको कार्यालय सर्ने भएको छ । बिभागको बुद्धनगरस्थित कार्यालय ताहाचल वैदेशिक रोजगार कार्यालय रहेको भवनमा सर्ने भएको छ ।

विभागले बुधबार एक सूचना प्रकाशित गर्दै आगामी आइतबारबाट आंशिक रुपमा र असार १ गतेदेखि कार्यालय पूर्णरुपमा सर्ने जनाएको छ । 

नेपाल हिमालय सीमापार व्यापार संघको भवनमा  हाल विभागको कार्यालय रहेको थियो । विभागले हाल कार्यालय रहेको ठाउँ साँघुरो भएकाले सर्न लागेको जनाएको छ ।