झापा। 

प्रथम त्रिवेणी मिनि गोल्डकप हल्दिबारीको हिजोको पहिलो खेलमा युनाईटेड बोइज क्लब चन्द्रगढीलाई ४–१ को फराकिलो अन्तरले हराउदै चारआली स्पोर्टिङ्ग क्लब हल्दिबारी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खेलको सुरुवाती अवस्थादेखि नै चारआलीले बोइजलाई दबाबमा राखेको थियो। चारआली का जर्सी नं ११ का खेलाडी मोहन टुडुले ह्याट्रिक पुरा गरेका थिए भने १ गोल प्रितम लिम्बुले गरेका थिए।

युनाइटेड बोइज का तर्फबाट एकमात्र गोल कर्ण लिम्बुले फर्काएका थिए। खेलको म्यान अफ दि म्याच चारआली स्पोर्टिङ्ग क्लबका मोहन टुडु घोषित भएका थिए उनलाई प्रमुख अतिथि हल्दिबारी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापाले सम्मान गरेका थिए।

यस्तै हिजै भएको दोस्रो खेलमा पाथीभरा युवा क्लब हल्दिबारी ४ लाई १–० को अन्तरले हराउदैँ योङस्टार स्पोर्टिङ्ग क्लब बिर्तामोड क्वाटरफाइनलमा प्रवेश गरेको छ । दुवै टिमले अन्तिम समय सम्म प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेका थिए।

खेलको अन्तिम २ मिनेटमा योङस्टार का सन्तोष लिम्बुको प्रहार गोलमा परिणत भएपछि योङस्टार को क्वाटरफाइनलको यात्रा तय भएको हो ।खेलको म्यान अफ दि म्याच सन्तोष लिम्बु नै घोषणा भएका थिए।

आजबाट क्वाटरफाइनलका खेलहरू सुरु हुने आयोजक त्रिवेणी युथ क्लबका सचिव संजय योङहाङले जानकारी दिएका छन्। खेल धनुषा आधारभूत विद्यालय हल्दिबारी ५ को प्राङ्गणमा भईरहेको छ।