झापा । 

मलेशियामा वैदेशिक रोजगारीमा आउने नेपाली कामदारले ओभरटाइमको आशा नराख्न आग्रह गरिएको छ । मेशियामा लामो समयसम्म सम्भावित ओभरटाइमलाई समावेश गरेर मागपत्र प्रमाणीकरण गर्ने गरेको नेपाली दूतावासले ओभरटाइमको अवसर नरहेको जनाएको हो ।

 नेपाली दूतावासले छिटफुट कम्पनीले मात्रै ओभरटाइम दिने गरेको बताउँदै अर्थतन्त्र शिथिल भएका कारणले ओभरटाइमको सम्भावना लगभग शून्यको अवस्थामा झरेको जनाएको छ । मलेसिया सरकारले स्वदेशी तथा विदेशी कामदारलाई  दैनिक ८ घण्टाको दरले मासिक १५ सय रिँगेट तलब दिने गरेको छ ।

मलेसियामा सेक्युरिटी गार्डको रोजगारीमा जाने कामदारको हकमा ओभरटाइम उल्लेख गर्नु स्वभाविक मानिए पनि अन्य कामदारहरूले कम्पनीको अवस्था र मलेशियाको श्रम कानूनअनुसार मात्रै ओभरटाइम पाउने विषयमा संघले दूतावासलाई ध्यानाकर्षण गराएको थियो ।