झापा । 

नेपाल सरकारले आगामी आर्थिक वर्षमा वैदेशिक रोजगारका लागि नयाँ श्रम गन्तव्य मुलुक खोज्ने जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वैदेशिक रोजगारका लागि नयाँ श्रम गन्तव्य मुलुकको पहिचान गरिने बताएका हुन् ।

सरकारले विभिन्न मुलुकसँगको श्रम सम्झौता पुनरावलोकन गरिने पनि आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ ।