सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको मिनी म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको छ । अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा आइएतवार भएको दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ मनिष भट्टराई र महिलातर्फ मिरा चर्मकारले जितेका छन् ।
उपाधिसगैउनीहरुले नगद ५ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी पुरुष तर्फको दोस्रो सचिन बस्नेत र तेस्रो स्थान ज्ञानेन्द्र खनालभएका थिए । शान्तना पुरस्कार धिरज मुर्मु, रोहित मल्लिक, टिकाराम थापा र इन्द्र बजगाईले पाए ।
यता महिलातर्फ दोस्रो निर्मलादेवि दनुवार, तेस्रो मनिता राई र शान्तना क्रमश लक्ष्मी राई, गंगा विष्ट, जमुना कटुवाल र प्रियका गौतमले प्राप्त गरेका थिए । प्रतियोगितामा दोस्रो हुनेले नगद ३ हजार र तेस्रो हुनेले १ हजार नगद र शान्तना हुनेले जनही ५ सय नगद शिल्ड र प्रमाणपत्र प्राप्त गरेका थिए ।
प्रतियोगिताको आयोजना सवारी इकाई कनकाईले गरेको थियो भने आर्थिक सहयोग कनकाई नगरपालिका र व्यावस्थापन सरकारी सवारी चालक एसोशिएशन झापाले गरेको थियो ।
बिजयी तथा उपबिजयी हुने खेलाडीहरुलाई कनकाई नगरपालिकाका निमित्त नगरप्रमुख दीर्घबहादुर थापा, कनकाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पिताम्बर गौतम, कनकाई नगरपालिका २ का वडाध्यक्ष बलराम राई प्रताव, ५ का वडाध्यक्ष कृष्ण राई, ७ का वडाध्यक्ष भीष्म सिटौला, ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल ९ का वडाअध्यक्ष राजेन्द्र उप्रेती लगायातले नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रमुख अतिथि दीर्घबहादुर थापाले खेलले कर्मचारीहरुले मनोवल उच्च हुने र कार्यक्षमतामा थप प्रगति हुने विश्वास व्यक्त गरे ।
सरकारी सवारी चालक एसोशिएसनका महासचिव ख्यामराज नेपालको अध्यक्षतामा आयोजित कार्यक्रममा सवारी चालक एसोशिएशनका सल्लाहकार रोहित कोइरालाले कर्मचारीहरुका लागि पुर्नताजगी र स्वास्थ्य रहनुपर्छ भन्ने सचेतनाका लागि उक्त दौड प्रतियोगिताको आयोजना गरिएको बताए ।