सुरुङ्गा । 

नेपाल खेलकुद महासंघ कनकाई नगर कमिटीको आयोजनामा कनकाई नगरपालिका वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।  महासंघले झापाको सुरुङ्गामा मंगलबार (आज) पत्रकार भेटघाट गरी बैशाख १६ देखि २३ गतेसम्म हुने प्रतियोगिताको तयारीका बारेमा जानकारी दिएको हो । 

‘खेलकूद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जन स्वास्थ्य हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको महासंघ कनकाई नगर कमिटी अध्यक्ष गोबिन्द सुवेदीले जानकारी दिए । देशको शासन सत्ता सञ्चालन र रुपान्तरणको अभियानमा अगुवाई गर्ने युवाहरुलाई संगठित गर्दै खेलकुदको माध्यमबाट लागूऔषध तथा दुब्र्यसनीको बाटोमा जानबाट रोक्दै अनुशासित र संस्कारयुक्त जीवन यापनमा अभिप्रेरित साथै सामाजिक जीवनमा स्थापित गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष सुवेदीले बताए । 

kankai khel

प्रतियोगिताको बिजेता टिमलाई नगद ३१ हजार र उपबिजेता टिमलाई नगद २१ हजार रुपैयाँ पुरस्कारसहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने महासंघका झापा  सचिब शुक्रराज भण्डारीले जानकारी दिए । उनका अनुसार कनकाई नगरका ९ वटै वडाको सहभागीता रहने प्रतियोगिताका प्रत्येक खेलमा म्यान अफ द म्याचको समेत ब्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित २ लाख ८३ हजार ५०० रुपैयाँ खर्च हुने आयोजक संस्थाले जनाएको छ । प्रतियोगिता कनकाई–५ स्थित तुलसीवारीको खेलमैदानमा आयोजना हुने प्रतियोगिताका संयोजक पुर्णबहादुर लिम्बुले जानकारी दिए । 

पत्रकार भेटघाट कार्यक्रममा महासंघका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज रबिन खरेल, नेकपा एमाले कनकाई नगर उपाध्यक्ष बिनोद राना, महासंघका कोशी प्रदेश सदस्य सरिता बुढाथोकी कार्की, महासंघका झापा अध्यक्ष भवानी वराल, कनकाई–२ का वडाध्यक्ष तथा महासंघका जिल्ला सचिवालय सदस्य प्रताप राई(बलराम) लगायतको उपस्थिति रहेको थियो ।