हल्दिवारी ।

 झापाको  हल्दिवारी गाउँपालिका वडा  नम्बर  २ ले ६० जनालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान  गरेको छ । वडा कार्यालयको विनियोजित २ लाख रुपैयाँ बजेट मार्फत ६० जनालाई एम्बुलेन्स बापतको रकम भुक्तानी गरिएको वडा अध्यक्ष शुकलाल राजवंशीले बताए ।

 वडाध्यक्ष राजवंशीका अनुसार प्रत्येक वर्ष वडाले एम्बुलेन्स सेवा प्रयोग गरे बापत  बिरामीको परिवारलाई सेवा शुल्क भुक्तानी गरिदिदै आएकोमा छ । यस बर्ष पनि विनियोजित रकम भन्दा बढीले सेवा शुल्क माग दाबी गरेकोमा दामासाहिमा उनीहरुलाई भुक्तानी गरिएको हो ।

नेपालमै एम्बुलेन्स सेवा निःशुल्क गर्ने हल्दिवारी–२ पहिलो  रहेको समेत अध्यक्ष राजवंशीको दावी रहेको छ ।