झापा। 

वैदेशिक रोजगार विभागले अनुगमन कार्यलाई नियमित, व्यवस्थित तथा ठगी नियन्त्रणको कार्यलाई अझ बढी नतिजामुखी बनाउन तीन वटा अनुगमन समिति गठन गरी परिचालन गरेको जनाएको छ । 

विभागले गर्दै आएको अनुगमनलाई नियमित, व्यवस्थित बनाउन ठगी नियन्त्रण गर्ने उद्देश्यले विभागका निर्देशकको संयोजकत्वमा अन्य अधिकृत र कर्मचारी सदस्य रहने गरी अलग–अलग तीन वटा अनुगमन समिति हो ।

अनुगमन समितिले म्यानपावर कम्पनी, अभिमुखीकरण तालिम प्रदायकलगायत वैदेशिक रोजगारको प्रक्रियासँग प्रत्यक्ष जोडिएका निकायको अनुगमन गर्नेसमेत बिभागद्धारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

विभागबाट खटिएको टोलीलाई आवश्यक कागजात, विवरण तथा जानकारी उपलब्ध गराई अनुगमन कार्यलाई सहयोग पु¥याउन सम्बन्धित सबैमा भनिएको छ ।