हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ५ ले वडाको बजेटबाट बालबालिकालाई खेलकूद सामाग्री वितरण गरेको छ । वडा कार्यालयले मंगलबार (आज) एक कार्यक्रमकाबिच १५ बर्षमुनिका बालबालिकालाई खेलकूद सामाग्री वितरण गरेको वडासचिव भजन संग्रौलाले जानकारी दिए । 

बालबालिकालाई जर्सी, फुटवललगायतका १५ हजार रुपैयाँ बराबरको खेलकूद सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ । 

वडाध्यक्ष खड्गबहादुर लावती, वडासदस्य जीवन कन्दङ्वा, शिवमाया मगर, सुश्मा महराले खेलाडी तथा बालबालिकालाई खेलकूद सामाग्री हस्तान्तरण गरेको वडा सचिव संग्रौलाले बताए ।